अपडेट : क्याम्पाडाँडामा भेटिएको शवको पहिचान खुल्यो ,

माघ ४, हेटौंडा हेटौडा ५  क्याम्पा डाडामा आज सनिबार बिहान एक तेस्रो लिंगीको शव फेला परेको छ । अर्धनग्न अवस्थामा सडक छेउमा मृत अबस्थामा भेटिएकि तेस्रो लिंगी हेटौँडा–११ की ३९ बर्षीया अजिता भुजेल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । । क्याम्पाडाँडाबाट चौघडा जाँदाको पहिलो मोडमा शव देखेपछि प्रत्यक्षदर्शीले जानकारि गराएपछि घटनास्थलमा प्रहरीको टोली पुगेको थियो । उनलाई हत्या गरेर फालिएको हुन सक्ने स्थानीय तथा प्रत्यक्षदर्शीहरुले आसंका गरेका छन् । प्रहरीले भने अनुसन्धान भईरहेको बताएको छ ।