सत्तामा भएका बेला दिनदिनै आरोप लाग्छ, त्यसको पुष्टि हुनुपर्छ : मन्त्री बाँस्कोटा
कञ्चनपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी मेसिन खरिदमा ७० करोड कमिसन मागेको आरोपको पुष्टि हुनुपर्ने बताउनुभएको छ । बिहीबार कञ्चनपुरको बेल्डाँडीमा कार्यकर्ता भेटघाटका क्रममा बोल्दै मन्त्री बाँस्कोटाले सत्तामा भएका बेला नेतालाई दिनदिनै आरोप लाग्ने बताउँदै त्यसलाई प्रमाणित गर्न पुष्टि हुनुपर्ने बताउनुभएकाे हो । उहाँले वडाध्यक्षदेखि मेयरसम्मलाई आरोप लाग्ने गरेको बताउँदै आरोप लाग्नु ठूलो कुरा नभएको दावी गर्नुभयो । नेकपाको सरकार आएका बेला मात्रै भ्रष्टाचार भएको आरोप लाग्ने गरेको बताउदै आरोप लागे पनि आफूहरु संघर्ष गरेर अगाडि बढिरहेको जिकिर गर्नुभयो । ‘हामीमाथि भ्रष्टाचार, राष्ट्रघातका आरोप लागेका छन्’, उहाँले भन्नुभयो, ‘हामी यसकाे सामना गर्दै अगाडि बढिरहेका छौँ, आरोपहरुलाई कसरी गलत सावित गर्छौँ । ’ बुधबार सेक्युरिटी मेसिन खरिदमा ७० करोड कमिसन मागेको अडियो बाहिरिएको प्रसंग जोड्दै मन्त्री बाँस्काेटाले त्यसलाई प्रमाणित गर्न पुष्टि हुनुपर्ने बताउनुभएको छ । उहाँले सेक्युरिटी प्रेस खरिदबारे सार्वजनिक भएको अडियो सम्बन्धमा काठमाण्डौ फर्किएपछि विस्तृत प्रतिक्रिया दिने बताउँदै आफूमाथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार रहेको बताउनुभयो । बुधबार महेन्द्रनगरमा सुरु भएको सुदूरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन गर्न कञ्चनपुर पुग्नुभएका मन्त्री बाँस्कोटा बिहीबारै काठमाण्डौ फर्किने कार्य तालिका छ । स्रोत:unn.com यो पनि पढ्नुहोस, ७० करोड कमिसनका लागि संचारमन्त्री बाँस्कोटाको यस्तो ‘सेटिङ’ (अडियोसहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed