उपमहानगरको टिफर वनको नियन्त्रणमा/कानुन विपरित देखिए कसैलाई छोडिन्न : डि एफ ओ पौडेल

चैत्र २ हेटौंडा /मकवानपुरमा ढुङ्गा,गिट्टी,वालुवा अबैध उत्खनन् तथा ओसारपसार कार्य लाई नियन्त्रण गरी प्राकृतिक स्रोत साधनको संरक्षण गर्न र त्यसको उचित प्रयोग गर्न डिभिजन वन कार्यालय हेटौडाले आफ्नो कार्यक्षेत्र र अधिकारलाई उचित प्रयोग र निगरानी गर्दा बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौडा उपमहानगरपालिका को टिफर समेत वन को नियन्त्रणमा लिई कार्वाही गर्न वाध्य रहेको छ । बाटो निर्माण गर्ने भन्दै हेटौडा उपमहानगरपालिकाको १८ नम्वर वडा भोर्ले मा अबैध रुपमा खहरे उत्खनन् गरी रहेको अवस्थामा डिभिजन वन कार्यालय हेटौडाको टोलीले उक्त टिफर सहित उत्खनन् कार्यमा प्रयोग रहेको जेसिबी समेत नियन्त्रणमा लिएको हो ।हेटौडा उपमहानगरपालिका १८ नम्वर वडा कार्यालयले स्थानिय विकाशको नाममा चुरे संरक्षण क्षेत्रको सिमाना भित्रनै आई ई ई नभएको स्थानमा मनलाग्दी उत्खनन् गरी प्राकृतिक स्रोत साधनको चरम दुरुपयोग गरि रहेको भन्ने स्थानियको गुनासो पस्चात डिभिजन वन कार्यलय मकवानपुरले निगरानी बढाउदा आई ई ई नगरिएको स्थान बाट उत्खनन् गरिरहेको अवस्थामा हेटौडा उपमहानगरपालिका को प्रदेश ३-०३-००१ग ००१२ नम्बरको हेटौडा उपमहानगरपालिका लेखिएको टिफर र ना १ ग ०८४ नम्वर को हेटौडा उपमहानगरपालिका लेखिएको टिफर सहित उत्खनन् गरिरहेको एउटा जेसिबी समेत नियन्त्रणमा लिएको हो । पटक-पटक डिभिजन वन कार्यालय मकवानपुरले उक्त कार्य गलत रहेको र तत्काल उक्त कार्य नगर्न नगराउन जानकारी गराउदा समेत अटेर गरी उत्खनन् कार्य नरोकिएका कारण टिफर तथा जेसिबी नियन्त्रणमा लिनु … Continue reading उपमहानगरको टिफर वनको नियन्त्रणमा/कानुन विपरित देखिए कसैलाई छोडिन्न : डि एफ ओ पौडेल