हेटौंडाका मेयरले डि एफ ओलाई थर्काए, रघुनाथ खुलाललाई भने – २० भोटेले न्यु खोज्ने ?
चैत्र २ हेटौंडा /हेटौंडा उपमहानगरपालिकाले सडक निर्माणको नाममा अबैध रुपमा ढुङ्गा गिट्टी, वालुवा उत्खनन् तथा ओसार पसार गरेकाले डिभिजन वन कार्यालय मकवानपुर हेटौंडाले उपमहानगरपालिकाको टिफर र एक्साभेटर नियन्त्रणमा लिएपछि विवाद भएको छ । आफ्नो सवारी वनले नियन्त्रणमा लिएपछि हेटौंडा उपमहानगरपालिकाका मेयर हरी बहादुर महतले डिभिजन वन कार्यालय हेटौंडाका प्रमुख पौडेललाई फोन गरेर थर्काएका छन् मेयर महतले जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाललाई पनि असभ्य भाषा प्रयोग गरेका छन् । वनले शनिबार सवारी नियन्त्रण गरि बन कै कार्यालय हाताभित्र राखेपछि मेयर महतले सरकारी गाडी नियन्त्रण गरि राख्न मिल्दैन, यस्तै हो भने भोलिको दिनमा राम्रो हुदैन भन्दै थर्काएका छन् । उनले मुडभेड अवस्था आउन सक्नेसमेत टेलिफोन बार्तामा बोलेका छन् । समन्वय समिति प्रमुख प्रमुख खुलालले भनेर हुदैन, २० भोटेले न्यु खोज्ने ? भन्दै आफु २५ हजार भोट पाएको व्यक्ति भन्दै उनले मतदानमा पाएको भोटकोसमेत दम्भ देखाएका छन् । त्यतिमात्र नभई जिल्ला समन्वय समितिका प्रमुख खुलाललाई ठुलो कुरो गरे उनको पनि १२ बज्छ भन्दै थर्काएका छन् । उनले मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई भन्नुपरे पनि भन्ने बोलेका छन् । आई इई नगरेको स्थानमा खोला उत्खनन् भएको भन्दै वन कार्यालयले हेटौंडा उपमहानगरपालिकालाई उत्खानन् नगर्नु भनि आग्रह गर्दापनि अटेर गरेपछि जिल्ला अनुगमन समन्वय उपसमितिका संयोजक पौडेलको नेतृत्वमा गएको टोलीले उपमहानगरपालिकाको सवारी नियन्त्रणमा लिएको हो । पौडेलका अनुसार … Continue reading हेटौंडाका मेयरले डि एफ ओलाई थर्काए, रघुनाथ खुलाललाई भने – २० भोटेले न्यु खोज्ने ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed