चैत्र २ हेटौंडा /मकवानपुरमा ढुङ्गा,गिट्टी,वालुवा अबैध उत्खनन् तथा ओसारपसार कार्य लाई नियन्त्रण गरी प्राकृतिक स्रोत साधनको संरक्षण गर्न र त्यसको उचित प्रयोग गर्न डिभिजन वन कार्यालय हेटौडाले आफ्नो कार्यक्षेत्र र अधिकारलाई उचित प्रयोग र निगरानी गर्दा बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौडा उपमहानगरपालिका को टिफर समेत वन को नियन्त्रणमा लिई कार्वाही गर्न वाध्य रहेको छ ।
बाटो निर्माण गर्ने भन्दै हेटौडा उपमहानगरपालिकाको १८ नम्वर वडा भोर्ले मा अबैध रुपमा खहरे उत्खनन् गरी रहेको अवस्थामा डिभिजन वन कार्यालय हेटौडाको टोलीले उक्त टिफर सहित उत्खनन् कार्यमा प्रयोग रहेको जेसिबी समेत नियन्त्रणमा लिएको हो ।हेटौडा उपमहानगरपालिका १८ नम्वर वडा कार्यालयले स्थानिय विकाशको नाममा चुरे संरक्षण क्षेत्रको सिमाना भित्रनै आई ई ई नभएको स्थानमा मनलाग्दी उत्खनन् गरी प्राकृतिक स्रोत साधनको चरम दुरुपयोग गरि रहेको भन्ने स्थानियको गुनासो पस्चात डिभिजन वन कार्यलय मकवानपुरले निगरानी बढाउदा आई ई ई नगरिएको स्थान बाट उत्खनन् गरिरहेको अवस्थामा हेटौडा उपमहानगरपालिका को प्रदेश ३-०३-००१ग ००१२ नम्बरको हेटौडा उपमहानगरपालिका लेखिएको टिफर र ना १ ग ०८४ नम्वर को हेटौडा उपमहानगरपालिका लेखिएको टिफर सहित उत्खनन् गरिरहेको एउटा जेसिबी समेत नियन्त्रणमा लिएको हो ।
पटक-पटक डिभिजन वन कार्यालय मकवानपुरले उक्त कार्य गलत रहेको र तत्काल उक्त कार्य नगर्न नगराउन जानकारी गराउदा समेत अटेर गरी उत्खनन् कार्य नरोकिएका कारण टिफर तथा जेसिबी नियन्त्रणमा लिनु परेको डिभिजन प्रमुख इमनाथ पौडेल ले बताउनु भयो ।स्थानिय सरकार हेटौडा उपमहानगर पालिकाले आफै नगर क्षेत्र भित्रको ढुङ्गा गिट्टी वालुवाको बोलपत्र आव्हान गरी ठेकेदार कम्पनीलाई दिने गर्दछ र नियम संगत नरहे कार्वाही गर्न सक्दछ तर यता स्थानिय सरकार आफै आई ई ई नगरेको स्थानमा अबैध उत्खन्न गरी प्राकृतिक स्रोत साधनको चरम दोहन गरी नागरिकलाई स्थानिय सरकारको रबैया देखाउन लागी परेको छ ।हेटौडा उपमहानगरपालिकाले अबैध उत्खनन् गरी सरकारको निती नियमलाई नै अटेर गरि रहेको पाईएको छ । हेटौडा उपमहानगरपालिका १८ नम्वर वडा अध्यक्ष अनिल कुमार बानियाले कसको शक्तिमा यस्तो आई ई ई नभएको ठाउमा मन लाग्दी उत्खनन् गरे ? के स्थानिय सरकारलाई राज्यको कुनै पनी कानुन ले रोक्दैन ? गरिव जनताले वालुवा चालेर आफ्नो दैनिक जिवनयापन गुजरा गरिरहंदा साना साना वालुवाको थुप्रो हरु नियन्त्रणमा लिने र तिनीहरुले वालुवा चाल्न प्रयोग गरेको जाली समेत कव्जा गर्ने स्थानिय सरकार लाई भने मेसिन टिफर त्यो पनी सरकारी प्रयोग गरेर नियम विपरित मन लाग्दी उत्खनन् गर्न छुट हो र जन जनको प्रश्न रहेको छ ।
हेटौडा उपमहानगरपालिका लाई हामीले पटक पटक त्यो कार्य रोक्नुस स्थानियको गुनासो आई रहेको छ भनेर जानकारी दिदा समेत अटेर गरेका कारण टिफर तथा मेसिन नियन्त्रणमा लिनु परेको डिभिजन प्रमुख पौडेल ले बताउनु भयो । यता आफ्नो टिफर नियन्त्रणमा डिभिजन वनले नियन्त्रणमा लिए पछी हेटौडा उपमहानगरपालिका का मेयर हरि बहादुर महतले आफु नै सर्वेसर्वा रहेकोले तत्काल टिफर छोड्न निर्देशन दिई रहेको वनका एक कर्मचारीले वताएका छन ।
जिल्ला समन्वय समितीका प्रमुख रघुनाथ खुलाल मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट प्रहरी प्रमुख सम्मीलित अनुगमन समिती रहेको र उक्त समितीको समन्वयमा हेटौडा उपमहानगरपालिकाको यस कार्यमा संघ्लघ्न टिफर तथा मेसिन सहित कार्य गर्न गराउन सरिकलाई आवश्यक कार्वाही गरिने डिभिजन प्रमुख पौडेलले बताउनु भयो ।