
हेटौडाको राप्तिरोडमा रहेको जयलक्ष्मी सुनचाँदी पसल चोरी गर्ने एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नंबर २ मा रहेको सोही सुन पसलका मालिक सन्त बहादुर सुनारका छोरा उमेर २७ वर्ष का ईश्वर सुनार रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
मगंलबार पसलबाट २ तोला सुन चोरी भएको भनी जिल्ला प्रहरी कार्यलयमा आएको सुचनाको आधारमा उक्त सुन चोरी गर्ने मानिसको खोज तलासको क्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलिले बुधबार ईश्वर सुनारको साथबाट चोरी भएको सुन फेला परेको हुँदा ईश्वर सुनारलाई थप अनुसन्धान तथा कारवाही भइरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।


सेयर गर्नुहोस्