मकवानपुरगढिमा श्रमिक साना किसानको लगानी दश करोड भन्दा माथि ।

हेटौंडा टुडे
७ आश्विन २०७६, मंगलवार १७:२८

 

मकवानपुरगढी गाउँपालिका वडा ३ मा रहेको श्रमिक साना किसान कृषि सहकारीलको आज ७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
राष्ट्रिय सहकारी संघका सदस्य तथा जिल्ला अध्यक्ष बद्री प्रसाद लम्सालको प्रमुख अतिथ्यतामा भएको साधारणसभामा मकवापुर गढि गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत भीम परियार, वडा ३ का अध्यक्ष भागवत घिमिरे, साना किसान लघुवित्त विकास बैंक हेटौंडाका प्रवन्धक शेर बहादुर चौधरी, पालिकाका पशु विकास शाखाका प्रमुख सत्यनारायण शाह, रानी सामूदायिक वनका अध्यक्ष कृष्ण विडारी, भानु माविका अध्यक्ष खीला प्रसाद चौलागाई, हिमाल महिला बहुउद्देश्यीय सहकारीका अध्यक्ष जानुका दाहाल लगायतले आफ्नो भनाई राखेका थिए । सभा संस्थाका अध्यक्ष निर्मला कुमारी लम्सालको अध्यक्षतामा भएको थियो ।

सभामा शेयर सदस्य परिवार भित्रका प्राथमिक तह र एसईइमा उत्कृष्ट अंक ल्याउनेलाई नगद सहित पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनेमा निलम पाख्रिन र अनिल घिमिरे, एसईइमा सुजन पाख्रिन र सौगात दाहाल भएका थिए ।

त्यस्तै सहकारीले असल ऋणी भन्दै अनिषा भ्लोन, ठक्कर कुमारी बजगाई, अञ्जु थापा, निर्मला विक, शारदा दाहाल, सावित्री सापकोटा, सरस्वती गौतम, केशरीमाया घलान,मलि लामालाई सम्मान गरिएको थियो । त्यस्तै, नियमित बचत गर्ने आइती माया वाईवा, सीता लो, बाटुली माया न्यासुर, मैया परियारलाई सम्मान गरिएको थियो ।

सभामा सहकारीले बाख्रापालक अनिषा भ्लोन,गाईपालक शुभद्रा घिसिङ, टनेलमा तरकारी खेतिगर्ने नीरमाया थोकर समेत सम्मान गरिएको थियो ।
संस्थाले यस २०७६ र ७७ मा १३ करोड ९५ लाख र हाल एक हजार ४६ जना शेयर सदस्य रहेको र त्यसमा थप गरि १,५५६ पुयाउने लक्ष्य रहेको छ । संस्थाको शेयरपुँजी भने ६८ लाख ९० हजार ९०० रहेको छ । एक वर्षमा आफ्ना शेयर सदस्यलाई १० करोड ४५ लाख ऋण लगानी गर्दै संस्थाले वर्षभरि गरेका कारोबार शेयर सदस्य समक्ष प्रस्तुत गरेको थिए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image