
हेटौँडा, असोज ११
महिलाको आयआर्जनमा सहयोग गर्न व्यापार, कृषि र पशुपालनमा लगानी गर्दै आएको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड हेटौँडा शाखाको केन्द्र प्रमुखहरुको लागि आयोजित एक दिने गोष्ठी सम्पन्न भएको छ ।
गोष्ठीमा नेतृत्व क्षमता विकास, केन्द्र व्यवस्थापन, क्षमता विकास, वित्तीय संस्थाको नीति नियम, केन्द्रको समस्याको बारेमा सहजीकरण गर्दै केन्द्रको कामको समिक्षा र सुधारको बारेमा प्रशिक्षण दिइएको थियो । गोष्ठीमा सहभागी महिलाहूले लघु वित्त संस्थाले कृषि र पशुपालनमा लगानी गर्न थालेपछि महिलाहरुलाई आय आर्जनमा वृद्धिसँगै आत्मनिर्भर बन्न सहयोग पुगेको बताएका थिए ।
संस्थाका सोममाया मुक्तानको अध्यक्षतामा भएको गोष्ठीमा शाखा प्रबन्धक दीपक महतले वित्तीय संस्थाको नीति नियमलगायतका बारेमा सहजीकरण गर्नु भएको थियो । गोष्ठीमा संस्थाका वरिष्ठ सहायक शोभा सिलवाल, अरुण कँडेल, सागर श्रेष्ठ, सरीता स्याङ्तानलगायतले बोल्नु भएको थियो । गोष्ठीमा ३५ जना केन्द्र प्रमुखहरुको सहभागिता रहेको थियो । मकवानपुरमा २०६२ सालदेखि समुह बनाएर काम गर्दै आएको वित्त संस्थामा हाल दुई हजार ४२३ महिला सदस्य आबद्ध रहेका छन्

