हेटौंडा १७ राजदेवीमा करेन्ट लागेर आमा छोराको ज्यान गयो

हेटौंडा टुडे
१९ आश्विन २०७६, आईतवार १५:१०

असोज १९ , हेटौडा

आज बिहान करिब ११: ३० बजे विद्युत प्रवाह भइरहेको तार चुडिँदा करेन्ट लागेर हेटौंडा १७ राजदेवीमा एकै घरको आमा छोराको मृत्यु भएको छ भने बुहारी घाइते भएकी छन् ।

बारीमा घाँस काटिरहेको अबस्थामा हेटौंडा १७ राजदेवीकै स्थानियबासि ५५ बर्षीय लेखमाया पराजुलीको विद्युत प्रवाह भइरहेको तार चुडेर करेन्ट लाग्दा सगै रहेका छोराले आमालाई बचाउन खोज्दा २८ वर्षका मदन पराजुलीको पनि करेन्ट लागि मृत्यु भएको छ साथै  बूडा  र  सासूलाई करेन्ट लागेर बचाउन खाज्दा २३ वर्षकी बुहारी रेनुका पराजुलीलाइ पनि करेन्ट लागेको थियो करेन्ट लागेर घाइते भएका लेखमाया र मदनको भने चुरेहिल अस्पतालमा उपचारको क्रममा मुत्यु भए सगै रेनुको भने थप उपचारको लागि भरतपूर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी मुकेश कुमार सिंहले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image