लोकतान्त्रिकद्वारा वाइवाको विदाईं

हेटौंडा टुडे
२९ आश्विन २०७६, बुधबार २२:४३

असोज २९ , हेटौडा

थाइल्याण्डको बैंककमा हुने अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्न लागेका मकवानपुरे खेलाडीको विदाई गरिएको छ ।

नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघ जिल्ला कार्यसमिति मकवानपुरले १९ अक्टोबरमा थाइल्याण्डमा हुने थानपा तेक्वान्दो च्याम्पियनसिप–२०१९ मा सहभागी हुने मकवानपुरे खेलाडी मानबहादुर वाईवालाई विदाई गरेको हो । संघका जिल्ला कार्यसमिति सदस्य समेत रहेका लामालाई नेपाली कांग्रेस जिल्ला सदस्य तथा खेलकुद विभाग प्रमुख सुनिल दाहालको प्रमुख आतिथ्यता तथा लोकतान्त्रिक खेलकुद संघका जिल्ला अध्यक्ष सविन भट्टाचार्यको सभाध्यक्षतामा विदाई कार्यक्रम आयोजना गरिएको थियो ।  लामाले प्रतियोगितामा ८० केजी माथि तौल समूह र पुम्सेमा सहभागी हुनेछन् । ‘प्रतियोगिताको तयारी राम्रो भएको छ । सुखद् नतिजाको अपेक्षा समेत गरेको छु ।’, लामाले भने ।
विदाई कार्यक्रममा लोकतान्त्रिक उपाध्यक्ष युवराज लामा, कोषाध्यक्ष शिवनारायण श्रेष्ठ, सहकोषाध्यक्ष विकास बानिया“, सदस्य उमेश थापा, प्रदीप पराजुली तथा नेपाल खेलकुद पत्रकार मञ्च मकवानपुर उपाध्यक्ष सुवास विडारीलगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image