
शालिकराम पुडासैनी प्रकरणमा मुछिएका लोकप्रिय सञ्चारकर्मी रवि लामीछानेलाई विदेश जाँदा अदालतको अनुमती लिनुपर्ने जिल्ला अदालतको आदेश बदर उच्च अदालत पाटन हेटौंडा इजलासले आज वदर गरेको छ । रवि लामीछाने र युवराज कँडेललाई स्वास्थ्य उपचारका लागि विदेश जाँदा अनिवार्य अदालतको अनुमती लिनुपर्ने चितवन जिल्ला अदालतको आदेशलाई उच्च अदालत पाटन हेटौँडा इजलाशले बदर गरिदिएको हो ।
उच्च अदालत पाटनकाृ हेटौंडा इजालसले सञ्चारकर्मी लामिछाने र कँडेलको पक्षमा सुनुवाई गर्दै धरौटी माग गर्ने आदेशलाई सदर गरेको छ भने विदेश जान अनुमति लिनुपर्ने, कार्यक्रम सञ्चालन गर्न नपाउने लगाएतका जिल्ला अदालतको सर्तहरुलाई भने आज बदर गरेको छ । यो सँगै लामिछाने र कँडेलले विदेश जान अदालतको कुनै अनुमति नचाहिने भएको छ ।


सेयर गर्नुहोस्