महिनावारी हुँदा कस्तो कुरामा ध्यान दिने त यो पढ्नुहोस

हेटौंडा टुडे
१२ कार्तिक २०७६, मंगलवार ०८:०५

 

कार्तिक १२, हेटौडा

सामान्यतया  किशोरी अवस्थाामा रजस्वला शुरु हुन्छ ।   ११ बर्ष देखि १५ वर्षसम्मका किशोरीहरुमा रजस्वला शुरु हुन्छ र करिब ५५ देखि ४५ वर्षको उमेरमा रजस्वला बन्द हुन्छ ।

महिनावारी हुनु भनेको महिलाहरु प्रजनन गर्न सक्ने उमेर वा गर्भवती हुन सक्ने उमेरमा प्रवेश भएको अवस्थाको भन्ने बुझिन्छ। महिलाहरुको डिम्बाशयबाट इस्ट्रोजन तथा प्रोजेस्टोरोन हर्मोनहरु उत्पादन हुने गर्छ ।

पाठेघरको भित्री तहमा यसकको प्रभावद्धारा विस्तारै बढ्दै जान्छ र पाठेघरको तह बाक्लो हुन्छ । करिब १४ दिनमा डिम्बाशयबाट एक डिम्ब निस्किन्छ र उक्त डिम्ब परिपक्क भएको डिम्ब शुक्रकीटबाट निसेचित भएमा गर्भ रहन्छ तर यदि निसेचित नभएमा गर्भ रहँदैन र सो तहको कुनै प्रयोजन हुँदैन । त्यसपछि डिम्बासयबाट उत्पादन हुने हर्मोन पाठेघरको भित्री तहमा तुहिन्छ । यसरी भित्री तह तुहिएर रगत आउँछ जसलाई रजस्वला भनिन्छ अथवा नेपालि समाजमा बोलिचालिको भाषमा नछुने भएको भन्ने गरिन्छ ।

रजस्वला हुँदा महिलाहरुलाई स्वास्थ्यमा सामान्य देखि जटिल किसिमका समस्याहरु आउन सक्छ । रजस्वला भएको बेला शारिरिक सरसफाइमा विषेश ध्यान दिनुपर्छ ।

रजस्वला हुँदा कस्तो कस्तो कुरामा ध्यान दिने त
यो पढ्नुहोस

*  रजस्वला भएको समयमा महिलाहरुले आफ्नो व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्छ,

*  सम्भव भएसम्म दैनिकजसो नुहाउनु पर्छ,

*  सफा नरम सुतिको कपडा वा सेनिटरी प्याडको प्रयोग गर्नुपर्छ,

*  प्रयोग गरेको उक्त कपडा वा प्याड समय–समयमा फेर्नुपर्छ,

*  एकपटक प्रयोग भएको प्याडलाई पुन प्रयोग गर्नु हुँदैन,

*  प्रयोग गरेको कपडा वा प्याडलाई फोहोर फाल्ने निश्चित ठाउँमा मात्र फाल्नुपर्छ,

*  कपडाको प्रयोग गरिएको छ भने राम्रोसँग साबुन पानीले धोएर घाममा सुकाउनुपर्छ, त्यसलाई पुन प्रयोग गर्न सकिन्छ,

* महिनावारी भएको समयमा सरसफाइमा विशेष ध्यान नदिदा यौनजन्य रोग लाग्न सक्ने भएकाले सरसफाइमा विशेषज्ञ ध्यान दिनुपर्छ ।

मन परेको छ भने धेरैलाई जानकारि दिन सेयर गर्नूहोला

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*