शक्तिखोला स्थित एक विद्यालयमा नेकपा युवा नेता गजुरेलले राखिदिए एकजना शिक्षक

हेटौंडा टुडे
२५ कार्तिक २०७६, सोमबार १२:०२

हेटौँडा,२५ कार्तिक ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर १६ को विकट क्षेत्रको रुपमा रहेको शक्तिखोलामा स्थित एक विद्यालयमा नेकपा युवा नेता तथा समाजसेवी अभिनाश गजुरेलले एकवर्षसम्म आफैले तलब दिनेगरि एकजना शिक्षक नियुक्त गर्न विद्यालय प्रशासनसँग सहकार्य गर्ने भएका छन् ।

शक्तिखोलामा रहेको विपि आधारभुत विद्यालयमा शिक्षकको अभावका विद्यार्थीहरु पढावाट बञ्चित भएको भन्ने खबर पाएपछि नेकपाका केहि युवा नेताहरु सहित पुगेका गजुरेलले उक्त घोषणा गरेका हुन् ।
गजुरेलको घोषणापछि प्रतिक्रिया दिँदै विद्यालयका प्रधानाध्यापक ठाकुर नेपालले शिक्षक अभावको कारण समस्या भैरहेको अवस्थामा नेता गजुरेलको यो सहयोगले आफुहरुलाई निकै सहयोग पुग्ने बताए । कार्यक्रममा नेकपा युवा नेताहरु कुमार थापा, मोहनचन्द्र चौँलागाई , विद्यालय ब्यवस्थिापन समिति अध्यक्ष, सहित स्थानीयहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image