प्रतिबन्धित गरिएको औषधी सहित एकजना पक्राउ

हेटौंडा टुडे
२६ कार्तिक २०७६, मंगलवार १३:१८

प्रतिबन्धित गरिएको औषधी सहित मंगलबार बिहान हेटौंडा उपमहानगरपालिका वडा नंबर १०  बसपार्क बाट एकजना पक्राउ गरेको छ ,पक्राउ पर्ने मा हेटौडा १३ पदमपोखरी बस्ने २९ वर्षीय दिपक सिंह मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

मोक्तानलाइ शंकास्पद अवस्थामा देखी चेकजाँच गर्दा निजको साथमा रहेको जेब्रा झोलामा ५२ प्याकेटमा १५ हजार ६ सय वटा ट्याब्लेट २ लाख बराबरको प्रतिवन्धित औषधी ट्रमा फेला पारेको र उनलाइ प्रतिवन्धित औषध सहित पक्राउ गरी आवस्यक कारवाहिको लागी औषधि ब्यवस्था बिभाग बिरगंज पठाउने कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image