विद्युत महशुल बक्यौता रहेका हेटौंडाका २० उद्योगपरे कारबाहीमा

हेटौंडा टुडे
३० कार्तिक २०७६, शनिबार ११:४०

हेटौंडा,३० कात्तिक

विद्युत महशुल बक्यौता रहेका हेटौंडाका २० वटा उद्योग कारबाहीमा परेका छन्।नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले हेटौंडामा सञ्चालित २० वटा उद्योगको लाइन काटी कारबाही प्रक्रिया अघि बढाएको हो ।

पटकपटक ताकेता गर्दा समेत महशुल नबुझाएपछि ती उद्योगमा विद्युत लाइन काटिएको वितरण केन्द्रका प्रमुख योगेन्द्र ठाकुरले जानकारी दिए । उनका अनुसार, कारवाही प्रक्रिया अघि बढाइएका २० उद्योगबाट २२ लाख रुपैयाँ बक्यौता बाँकी रहेको छ ।

तर, सवा अर्बभन्दा बढी बक्यौता रहेको हेटौंडाको शिवम् सिमेन्ट उद्योग लिमिटेडलाई भने केन्द्रले ‘छिटोभन्दा छिटो बक्यौता महशुल बुझाउन पत्र’ मात्र पठाएको छ । डेडिकेटेड लाइन लिएको शिवम्ले १ अर्ब २९ करोड रुयैयाँ भन्दा बढी महशुल तिर्न बाँकी रहँदा वितरण केन्द्रले भने पत्रमात्र पठाएको प्रमुख ठाकुरले बताए ।

तत्काललाई लाइन नकाट्नु भनी अदालतको स्टे अर्डर आएको कारण शिवम् सिमेन्टको लाइन नकाटिएको उनले जानकारी दिए ।

साभार:tukhabar.com

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image