
मसिंर २, हेटौडा
बाराको सिमरास्थित एक लजबाट महिलासँग आपति जनक अवस्थामा पक्राउ परेका हेटौंडा १५ स्थित चुरियामाई मा. वि. का प्रधानाध्यापक विष्णु परियार पदमुक्त भएका छन् । सोमबार विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुनिल मोक्तानको अध्यक्षतामा बसेको बैठकले प्रधानाध्यापक विष्णु परियारलाई पदमुक्त गर्ने निर्णय गरेको हो ।
सोमबार बसेको बैठकको निर्णयमा लेखिएको छ सञ्चार माध्यम मार्फत सामाजिक रुपमा नैतिक पतन हुने कार्य गर्दै समाजलाई खलल पुग्ने व्यवहार गरिएको थाहा हुन आएको भन्दै उनलाई पदमुक्त गर्ने निर्णय गरेको हो । विद्यालय जस्तो गरिमामय क्षेत्रमा उनलाई जिम्मेवारी दिन नसकिने हुँदा निजलाई सो जिम्मेवारीबाट मुक्त गराई निजले सम्हाल्दै आएको प्रअको जिम्मेवारी अर्को व्यवस्था नभएसम्म हाललाई यस विद्यालयका सहायक प्र. अ. श्री केशवप्रसाद खतिवडालाई प्र अ को जिम्मेवारी प्रदान गर्ने निर्णय गरियो । व्यवस्थापन समितिको निर्णयमा लेखिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिमरा बाराको टोलीले होटलमा यौन क्रियाकलाप गरिरहेको अवस्थामा शनिबार दिउँसो ४ बजेको समयमा ४८ बर्षीय परियार र हेटौंडा–५ की ३२ बर्षीया एक महिलालाई होटलबाट आपत्तिजनक अवस्थामा पक्राउ गरेको थियो ।

