
हेटौंडा १८ हर्नामाडी फुर्केचौरमा रहेको गोरक्षनाथ माविलाई प्राविधिक शिक्षालय बनाउनको लागि मंसिर ३ गतेबाट लगाइएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको सातौं दिन सोमबार २४ लाख ५० हजार रुपैँया संकलन भएको छ ।
प्रख्यात बाचन पण्डित दिनबन्धु पोखरेलले बाचन गरिरहेको सप्ताह महायज्ञको छैटौं दिनसम्ममा १ करोड १२ लाख ५ हजार र संकलन भएको र आज सोमबार २४ लाख ५० हजार रुपैयाँ गरी १ करोड ३६ लाख ५५ हजार रुपैयाँ संकलन भएको लेखा समिति संयोजक विनोद घिमिरेले जानकारी दिए । मंसिर ३ गते उद्घाटनका दिन २२ लाख ५० हजार, ४ गते ५ लाख, ५ गते बिहिबार ४ लाख ५५ हजार रुपैँया, ६ गते शुक्रबार २० लाख, ७ गते शनिबार ३५ लाख, ८ गते आईतबार २५ लाख र आज सोमबार २४ लाख ५० हजार रुपैयाँ गरी १ करोड ३६ लाख ५५ हजार रुपैयाँ संकलन भएको लेखा समिति संयोजक घिमिरेले जानकारी दिए ।
सप्ताह महायज्ञको सातौं दिन सोमबार ठूलो रकम सहयोग गर्नेमा हेटौंडा १८ को पञ्चकन्या सामुदायिक वन उपभोक्ता समुह १० लाख, हेटौंडा १८ का रवि चौलागाई ५ लाख, भीमप्रसदा तिमल्सिनाबाट साँढे २ लाख बराबरको १० धुर जग्गा दान, विमला थापा १ लाख ५१ हजार, नेपाली कांग्रेसका जिल्ला सहसचिव रामबाबु बानियाँ १ लाख, विनोद घिमिरे ५१ हजार र अन्य व्यक्तिहरुसंग गरी २४ लाख ५० हजार संकलन भएको आयोजक समितिले जानकारी दिएको छ । मंसिर ३ गतेबाट मंसिर १० गतेसम्म संचालन हुने श्रीमद् भागवत सप्ताह महायज्ञबाट उठेको रकमले गोरक्षनाथ माविमा प्राविधिक शिक्षा संचालन गर्ने लक्ष्य रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्रराज बानियाँले जानकारी दिए । ३ नम्बर प्रदेशका प्रमूख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँ संयोजक रहेको महायज्ञबाट करिब २ करोड संकलन गर्ने लक्ष्य राखिएको छ ।

