कांग्रेस मकवानपुरनिकट विद्यार्थी विभागमा ५ सदस्य चयन

हेटौंडा टुडे
१३ मंसिर २०७६, शुक्रबार १५:००

हेटौंडा, १३ मंसिर
नेपाली कांग्रेस मकवानपुरको १९ विभाग मध्ये विद्यार्थी विभागले शुक्रबार ५ सदस्य चयन गरिएको छ । नेपाली कांग्रेस मकवानपुरका जिल्ला सदस्य एवं विद्यार्थी विभाग संयोजक राजिव सुवेदीको सभाध्यक्षता एवं कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेको प्रमूख आतिथ्यतामा भएको कार्यक्रममा ६ जना पूर्व विद्यार्थीहरुलाई विद्यार्थी विभागमा चयन गरिएको संयोजक सुवेदीले बताए । विभागको सदस्यहरुमा नेविसंघका पूर्व सभापति महेन्द्र राउत, नेविसंघका नेताहरु दीपक फुयाँल, पुरुषोत्तम घिमिरे, पंकजकुमार ठाकुर र यादव अर्याललाई चयन गरिएको हो । कार्यक्रममा निवर्तमान सभापति रघुरमण न्यौपाने, जिल्ला सल्लाहकार अशोक शाक्य, जिल्ला सदस्य अमृता थापामगर, नेविसंघका जिल्ला अध्यक्ष राजु खतिवडा, तरुण दल जिल्ला सचिव सचित थापा, नेविसंघ मकवानपुर क्याम्पसका संयोजक सन्तोष चौलागाई, सहसंयोजक मिलन पुडासैनी, विद्यार्थी नेता दीपेन्द्र तिवारीलगायतको उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image