पुसका पहिलो साता देखि हेटौंडाबाटै लाइसेन्स पाइने

हेटौंडा टुडे
२५ मंसिर २०७६, बुधबार ११:१७

 

मंसिर २५ , हेटौडा

यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाले सवारी चालक अनुमतिपत्र अर्थात लाइसेन्सको लागि अनलाइन फाराम लिने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ ।

आउदो पुस महिनाको पहिलो साताबाट हेटौंडाबाटै जुनसुकै किसिमको सवारी अनुमतिपत्र लिन सकिनेछ । मसिंर २० गते सुक्रबारदेखि अनलाइन फाराम संकलनको परीक्षण थालेको कार्यालयले केहीदिन भित्रै नियमित अनलाइन फाराम लिन सुरु गरिने यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाका प्रमुख पोषण थापाले जानकारि दिनु भयो। साथै सवारी चालक अनुमतिपत्रका निम्ति लिखित तथा प्रयोगात्मक परीक्षा स्थलको लागि छनौटमा परेको हेटौंडा–११ स्थित बागेश्वरी मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गराईने छ ।

ट्रायल सेन्टरको लागि कार्यालयलाई बजेट विनियोजन नभएको हुँदा सेवाग्राहीबाटै शुल्क लिई तत्काल सेवा प्रारम्भ गरिने भएको छ । ‘५ सय रुपैयाँ फाराम शुल्क, १५ सय रुपैयाँ राजस्व र मोटरसाइकलको हकमा २५० रुपैयाँ ट्रायल शुल्क लिई पास हुनेलाई हामीले लाइसेन्स प्रदान गर्छौं ,कार्यालय प्रमुख थापाले भने । मोटर साइकल, कार, जीपलगायतका ठूला सवारी साधनको सवारी चालक अनुमतिपत्र यस कार्यालयले नै प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image