स्थानियले गरे टिसिएन रोड बन्द

हेटौंडा टुडे
२७ मंसिर २०७६, शुक्रबार ०९:४५

मंसिर २७, हेटौंडा

सडक साघुरो भएको अवस्थामा भारी मालवाहक सवारी साधन गुडेको र बाटो मर्मतमा चासो नदेखाएकोले हेटौंडा १० टिसेन रोडका स्थानियबासिले अहिले सडक बन्द गरेका छन्।

सडक बिस्तारको क्रममा बाटो फराबिलो बनाउदा बनाउदै नालि ब्यबस्थापन नगरेको कारण स्थानियबासि झन आक्रोसित भएका हुन । बाटो निर्माणको काम छ महिना पहिला देखि रोकिएकाले र अलपञ पारेकोले त्यसले झन सबारि आबत जावतमा र पैदल यात्रिलाई समस्या परिरहेकोले सम्बन्धित निकायले चासो नदिएकाले आज उक्त निर्णय लिन परेको एक स्थानियबासिले बताए । हेटौडा १० का वडा अध्यक्षले यो बिषयमा भने चासो नदेखाएको स्थानियको आरोप छ ।
अलपत्र परेको बाटोको काम सुरु नभएसम्म बाटो बन्द रहने हेटौडा टुडेसगंको पुराकानि गदै टोल बिकास सस्ंथाका अध्यक्ष बिजय थापाले जानकारि दिनु भयो । यता जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले सम्बन्धित निकायसँग समन्वय गरेर बाटो खुलाउने प्रयास भइरहेको जनाकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image