हेटौडा लाइसेन्स अपडेट: बिहीबार ५ सय २० जनाले दिए लिखित परीक्षा

हेटौंडा टुडे
४ पुष २०७६, शुक्रबार १२:५८

प्रदेश ३ नागरिकका लागि लक्षित गरी सवारीचालक अनुमतिपत्र (लाइसेन्स) का लागि प्रक्रिया शुरु भएको छ । हेटौँडामा रहेको यातायात व्यवस्था कार्यलयले सवारीचालक अनुमतिपत्रका लागि आवेदन आह्वान गरेसँगै बिहीबार लिखित परिक्षा लिएको हो ।

लिखित परीक्षामा ५ सय २० जनाले सहभागिता जनाएको यातायात व्यवस्था कार्यालय प्रदेश निमित्त प्रमुख पोषण थापाले जानकारी दिए । उनले आमनागरिकको उलेख्य सहभागिता रहेको बताए ।

बिहिबार लिखित परीक्षामा सहभागी भएकाहरुको अन्तिम नतिजा शुक्रबार बिहान सम्म प्रकाशन गरी शनिबार बिहान ट्रायल परिक्षाको व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

यातायात व्यवस्था कार्यालय प्रदेशले सबै प्रकारका सवारीसाधनका लागि भदै अनलाईनमार्फत् आवेदन दिने व्यवस्था मिलाएको हो ।

हेटौँडामा कार्यालय सञ्चालन भएपछि पहिलो पटक लाईसेन्स वितरणको काम सुरु भएको थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image