पौष ७ , हेटौडा
नेपाल भ्रमण वर्ष २०२० सफल पार्नका लागि महाकाली–मेची पैदल यात्रामा निस्किएका २ यात्री आज सोमबार हेटौंडा आइपुगेको छन । पैदल यात्रा गर्ने यात्री सुरेश उप्रेती र खगेन्द्र कृष्ण निरौलालाई प्रगतिशिल लेखक संघकी अध्यक्ष शान्तिप्रिय बन्दनाको संयोजनमा हेटौंडा–१० टिसिएन रोडमा अबस्थित होटेल सूर्यान्समा एक कार्यक्रम बिच स्वागत गरिएको हो ।
नेपाल भ्रमण बर्ष प्रोमोसन गर्न गत मंसिर २० गते कंचनपुरको गड्डा चौकीबाट पैदल यात्रा सुरु गरेका उनिहरु नेपाल भ्रमण वर्ष २०२० सफल पार्नका लागि आफुहरु यो पैदल यात्रामा निस्किएको र आज १८ औ दिनमा हेटौडा आईपुगेको बताउछन ।
यसैगरी होटेल सूर्यान्सका संचालक तथा होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश ३ का उपाध्यक्ष निपु सर्राफले उनीहरुको यो भ्रमणको सफलताका लागि शुभकामना दिँदै बिना स्वार्थ देशको हक हितका लागि ३० दिनको पैदल भ्रमणमा निस्किनु भई साहसिक कार्य गर्नु भएको प्रति उच्च सम्मान गर्नु भएको छ । साथै साढे दुई करोड रुपैयाँ लगानिमा नयाँ स्वरुपका साथ होटल सूर्यान्स सञ्चालनमा ल्याएको र होटेल सुर्यान्सले पर्यटन वर्ष २०२० का लागि होटलको सातौ तलामा नेपालकै पहिलो नौलो डिजाइनको साथ सूर्यान्स भ्यू रेस्टुरेन्ट समेत अग्रेजि नया बर्षबाट संचालन गर्ने तयारी गरेको बताएका छन् ।
पैदल यात्री सुरेश उप्रेती र खगेन्द्र कृष्ण निरौलालाई सोमबार हेटौंडाको होटल सूर्यान्समा रहने ब्यबस्था मिलाईएको होटलका सँचालक निपु सर्राफले जानकारि दिएका छन । पैदल यात्री मध्ये उप्रेती यातायात व्यवसायी हुन् भने निरौला विद्यार्थी हुन् । करिब एक महिनाको यात्रामा निस्किएका उप्रेती र निरौला भोलि पुर्वी नेपालको यात्रा तर्फ अगाडि बड्ने छन भने पुसको अन्तिमसम्म मेची पुग्ने लक्ष्य रहेको पत्रकार सम्मेलन मार्फत जानकारि गराईउको छ । कार्यक्रममा उपभोक्ता हित संरक्षण मंचका अजय अधिकारी, तुलसी रिजाल, सर्जक संघजाल मकवानपुरका संयोजक निमेष निखिल, वरिष्ठ साहित्यकार आर्सी रिजालल बिभिन्न सन्चार माध्यमका सन्चारकर्मिहरको लगायतको उपस्थिति रहेको थियो ।