
पुष १३ मलेशिया ,
एक दशक भन्दा बढि समय देखि मकवानपुरलाई कर्मक्षेत्रमा मानेर कलम चलाउँदै आएका मकवानपुरका क्रियाशिल पत्रकार तिलक अधिकारी मलेशियामा सम्मानीत भएका छन् । अधिकारीलाई सन्देश इन्टरनेशनल एवार्ड २०२० को ‘ जर्नालिस्ट अफ द इयर’ बाट सम्मानित गरिएको हो ।
सामुदायिक सन्चार नेटवर्क रेडियो सन्देश १०६.९ मेघाहर्जले मलेशियामा पुस १३ गते गरेको सन्देश इन्टरनेशनल एवार्ड २०२० को कार्यक्रममा मलेशियाका लागि नेपाली राजदुत उदय राज पान्डेले पत्रकार अधिकारीलाई ‘वर्ष पत्रकार’ ले सम्मान गर्नुभएको हो । करीव एक दशक भन्दा अघिबाट निडर, निष्पक्ष र खोज पत्रकारीतामा आफुलाई निखार्दै आएका अधिकारी आई टी आई मिडियाद्वारा सन्चालीत भुगोलन्यूज डट कम र जनता जिन्दावाद साप्ताहिकका सम्पादक हुन् । अधिकारीले यस अघि नेपाल पत्रकार महासंघको पुरस्कार सहित जिल्लामा विभिन्न विधाका सम्मान र पुरस्कार पाइसकेका छन् ।
यसरी विदेशी भूमिमा नेपालीहरु माझ सम्मानित हुँदा अधिकारीले पत्रकारितालाई अझ सशक्त ढंगले आवाज विहिनहरुको कुना कन्दरामा रहेको आवाजलाई बुलन्द पार्ने विसंगतिहरु विरुद्ध डटेर कलम चलाउन उर्जा मिलेको प्रतिक्रिया दिनुभयो । सन्देश इन्टरनेशनल एवार्ड २०२० विभिन्न विधामा सम्मान तथा पुरस्कार सहित साँस्कृतिक कार्यक्रम तथा मरिचमान श्रेष्ठ ‘बल्छी धुव्रे’ हास्यव्यङ्ग प्रहसन समेत हुने गरिएको छ ।

