
१६ पुष ,मकवानपुर
हेटौंडा उपमहानगरपालिका वडा नं १६ स्थित हटियामा रहेको शिवम् सिमेन्ट उद्योगमा कार्यरत एकजना मजदुरको ज्यान गएको छ । उद्योगमा काम गर्ने क्रममा रोलर प्रेसमा परेर एकजना मजदुरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उद्योगमा कार्यरत ३५ वर्षिय राजन चौलागाईँको रोलर प्रेसमा परेर ज्यान गएको प्रहरी जनाएको छ । रोलर प्रेसमा परेर गम्भीर घाइते बनेका चौलगाईँको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जनाइएको ।
प्रहरी निरीक्षक अमरप्रसाद गजमेरको कमाण्डमा टोली घटनास्थलमा पुगेको बताइएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक चौलागाईँको घर कैलाली जिल्लाको मशुरिया गाउँपालिका वडा नं ५ मा रहेको बुझिएको छ ।
स्रोत :नवयुग डटकम


सेयर गर्नुहोस्