ने.वि. संघको विरोध :क्याम्पस प्रमुख र सञ्चालक समितिको कार्यकक्षमा ताला

हेटौंडा टुडे
२१ पुष २०७६, सोमबार २०:५३

२१ पुष,हेटौडा 

मकवानपुर बहुमुखी क्याम्पसले विद्यार्थीको माशिक शुल्क ६५ प्रतिशत वृद्धि गरेको विरोधमा नेपाल विद्यार्थी संघ मकवानपुर क्याम्पस इकाइले विरोध प्रदर्शन गर्दै क्याम्पस प्रमुख र सञ्चालक समितिको कार्यकक्षमा ताला लगाएका छन्।

सामुदायिक रहेको क्याम्पस प्रशासनले निजि कलेजस्तो व्यवहार पटकपटक देखाएको भन्दै नेविसंघले क्याम्पसमा हजारौं विद्यार्थीको उपस्थितीमा क्याम्पस प्रशासनको बिरोध गरेको छ । अबैज्ञानिकरुपमा शुल्क बढाइएको भन्दै यो कुनै पनि हालतमा कार्यान्वयन गर्न नदिने नेवि संघ क्याम्पस इकाईका संयोजक सन्तोष चौलागाईले बताए ।विरोध सभा गर्दै ईकाईका सहसंयोजक मिलन पुडासैनि विद्यार्थी क्षेत्रिय सभापती सुवास सापकोटा लगायतले क्याम्पसको निर्यण प्रति घोर आपत्ती जनाउदैं सम्बोधन गरेका थिए ।

शुल्क वृद्धिको निर्णण फिर्ता नभए आन्दोलन कडारुपमा अगाडी बढ्ने र आज विद्यार्थीको तर्फबाट अल्टिमेटम सहित क्याम्पस प्रमुख डा. शंकर उपाध्यायलाई ज्ञापन पत्र बुझाएका छन्, ।

हेर्नुहोस विज्ञप्ति :

 

source: sidhakhabr.com

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image