पानोरमा रिसोर्टमा बसेका बेहोसि ८ भारतीय नागरिकको मृत्यु

हेटौंडा टुडे
७ माघ २०७६, मंगलवार १३:०१

 माघ  ७ हेटौंडा,मकवानपुरको पर्यटकीय क्षेत्र थाहा नगरपालिकामा रहेको होटल पानोरमा रिसोर्टमा गएरातती बास बसेका ८ जना भारतीय नागरिकको मृत्यु भएको  प्रहरीले  पुष्टी गरेको छ ।

मृत्यु हुनेको नामावलि यसप्रकार छ ।

(१) देश भारत केरला बस्ने बर्ष अं.३८ को रन्जित कप
(२) ऐ.ऐ.बस्ने बर्ष अं.३४ की ईन्द्र
(३) ऐ.ऐ.बस्ने बर्ष अं.३७ को प्रबिण कृष्ण नायर
(४) ऐ.ऐ.बस्ने बर्ष अं.३२ की सरिया
(५) ऐ.ऐ.बस्ने बर्ष अं.५ को अभी
(६) ऐ.ऐ.बस्ने बर्ष अं.७ की अर्चना
(७) ऐ.ऐ.बस्ने बर्ष अं.५ को बैशनव
(८) ऐ.ऐ.बस्ने बर्ष अं.९ की बन्द्रा

नेपाल घुम्न आएका १५ भारतीय पर्यटक मध्ये ८ जना रिसोर्टको १०१ नम्बर कोठामा बास बसेका थिए । एउटै कोठामा ८ जना सुतेका भारतीय नागरिक आज बिहान बेहोस अवस्थामा भेटिएका थिए । बेहोस अवस्थामा रहेका भारतीय नागरिकलाई हेलिकप्टरबाट काठमडौंको ह्याम्पस अस्पताल लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image