रिलिज भयो सेल्फी किङ’को जिन्दगीको के छ र भर

हेटौंडा टुडे
८ माघ २०७६, बुधबार २२:००
Featured Video Play Icon

माघ ०८ , हेटौडा

‘सेल्फी किङ’को ‘जिन्दगीको के छ र भर’‘ नयाँ गीत सार्वजनिक भएको छ । माघ २४ गते रिलिज हुने सिनेमाको ‘जिन्दगीको के छ र भर ’ बोलको गीत सार्वजनिक भएको हो।  सिनेमाका मुख्य कलाकार विपिन कार्की फिचर्ड छ।

सुभाष भुसालले संगीत भरेको गीतमा केतन क्षेत्रीको स्वर छ भने गीत सुरज गैरे ‘विवस’ले लेखेका हुन्। सिनेमामा विपिनसँगै लक्ष्मी वर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, जीवन भट्टराई, सबिन बास्तोला लगायतका कलाकारको अभिनय छ। एक हास्यकलाकारको तीन दिने महोत्सव यात्राको कथा भन्ने सिनेमाका निर्देशक विशाल सापकोटा हुन्। निर्देशक सापकोटाकै कथामा सुसन प्रजापतिको छायांकन, जीवन थापाको सम्पादन र निर्मलकुमार थापाको कोरियोग्राफी छ। दिनेश राउत र सुभाष थापा मिलेर ‘सेल्फी किङ’ निर्माण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image