अजिता हत्या प्रकरण : हत्यामा संलग्न ५ जना सार्वजनिक

हेटौंडा टुडे
२१ माघ २०७६, मंगलवार १०:५१

२१ माघ, हेटौंडा/मकवानपुर प्रहरी ले अजिता भुजेलको हत्या गर्ने हत्यारा पक्राउ गर्न सफल भएको छ । प्रहरी ले अजिता को ओपो मोवाईल र तालिम प्राप्त कुकुर को साहेताले पक्राउ गर्न सफल भएको मकवानपुर प्रहरी ले जनाएको छ ।

अजिता हत्यामा अभियोगमा  हेटौंडा,९ का १८ बर्षीय सिमोन परियार, हेटौंडा ४ का २५ बर्षीय सुशील थापा मगर, हेटौंडा ११ की २० बर्षीया एलिसा पाख्रिन, हेटौंडा ४ का २४ बर्षीय आशिष बल र हेटौंडा ४ का २१ बर्षीय बुद्ध लामालाई सार्वजनिक गरेको हो । प्रहरीका अनुसार ना६ख ६५२७ नम्बरको ट्रकका सहचालक परियार र थापा मगरले भुजेलसंग हेटौंडा ,११ थानाभर्याङमा ७ हजार रूपैयाँमा यौन सम्पर्क गरि विवाद भएपछि उनीहरूसहित ४ जनाले हत्या गरेका थिए । हत्या गरेर शव ट्रकमै राखेर क्याम्पाडाँडामा फालेका थिए ।

अजिताको हराएको मोबाइल परियारले बुद्ध लामाले साथी आशिषलाई दिएका थीए । आशिषले आफ्नी श्रीमती एलिसालाई दिएका थिए । सोही मोवाईल अन भएपछि प्रहरीले सबैलाई पक्राउ गरेको हो । घटनामा संलग्न २ जना फरार रहेका छन् । महानगरीय प्रहरी महाशाखा टेकु र मकवानपुर प्रहरीको टोलीको अनुसन्धानबाट अभियुक्तलाई पक्राउ गरेको मकवानपुरका प्रहरी उपरीक्षक सुशिलसिंह राठौरले पत्रकार सम्मेलनमा जानकारी दिए ।

यसरि भएको रहेछ अजिताको हत्या( हेर्नुहोस भिडियो)

 

यो पनि पढ्नुहोस,

हेटौँडामा मृत अवस्थामा युवतीको शव फेला

क्याम्पाडाँडामा मृत अबस्थामा महिलाको सब फेला

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image