बागमती गोल्डकपको तयारी तिब्र गतिमा

हेटौंडा टुडे
२१ माघ २०७६, मंगलवार २२:४२

माघ २१ , हेटौडा

बागमती गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करणका लागि मकवानपुरको बागमती गाउँपालिका–८ को जनता उच्च माविको खेलमैदान सजाउँने काम धमाधम भईरहेको छ । प्रतियोगिता आगामी फाल्गुन १ गते देखि १० गते सम्म हुनेछ ।

गोल्डकप मूल आयोजक समितिका अध्यक्ष अरुण बलका अनुसार प्रतियोगितामा ए डिभिजनका ५ सहित १० टिमको सहभागिता हुने जनाएको छ । उहाँका अनुसार हिमालय शेर्पा क्लव, संकटा, सरस्वाती र जावलाखेललाई प्रतियोगितामा सहभागी गराउने गरी तयारी गरिएको छ । भने मोफसलबाट आयोजक, मकवानपुर ११, बिरगंज यूनाईटेड, बागमती नगरपालिका सर्लाई र नवजनजागृति क्लव सिमराले भाग लिनेछन् ।

प्रतियोगिताको तयारी स्वरूप खेल मैदान व्यवस्थापनसँगै प्रायोजक र टिमको टुंग्यो लगाउने काम भई रहेको अध्यक्ष लामाले बताउनु भयो ।

प्रतियोगिताको लागि खेल मैदान सम्याउने र घाँस उमार्ने काम भईरहेको छ भने प्याराफिट निर्माणको काम पनि सकिएको छ ।

जनता उच्च माविको खेल मैदानमा संचालन हुने प्रतियोगिताका लागि यस अघि नै सिमेन्टेड प्याराफिट निर्माण गरिएको छ । १० दिन सम्म सञ्चालन हुने प्रतियोगितामा ३० हजार दर्शक रहने अनुमान छ’, उहाँले भन्नु भयोे, ‘भीआईपी प्याराफिट सहित खेलमैदानमा एकै पटकमा ३५ सय दर्शक अट्ने क्षमता छ ।

गोल्डकपलाई देश विदेशमा समेत परिचित गराउन यो सिजनमा पुरस्कार रासि समेत दोब्बर बनाएको खेलकुद विकास समिति बागमतीका कोषाध्यक्ष बिरेन्द्र समालले बताउनु भयो । बागमती गोल्डकपलाई अन्तर्रािष्ट्रयकरण गर्दै लैजाने तयारी समेत भएको छ,’ उहाँले भन्नु भयो ।

२०७४ सालमा १ लाख प्रथम पुरस्कारबाट सुरु भएको गोल्डकप तेस्रो संस्करण सम्म आइ पुग्दा पुरस्कार राशि बढाएर ६ लाख पु¥याइएको छ ।

द्वितीय हुनेले ३ लाख हात पार्ने आयोजकले जनाएको छ । त्यस्तै सर्बोत्कृष्ट खेलाडीले ५० हजार र अन्य पाँच विद्यामा १०÷१० हजार पुरस्कार राशि घोषणा गरिएको छ । प्रत्येक खेलमा म्यान अफ द म्याच हुनेले जनही ५ हजार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा करिब ६७ लाख खर्च हुने अनुमान गरेको आयोजक समितिको सचिव भिम राईले जानकारी दिनु भयो । साविक विजेता सरस्वती यूथ क्लव हो

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image