माघ २२ , हेटौडा
प्रतिनिधसभाका सांसद विजयकुमार गच्छदारको सांसद पद गुमेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै गच्छदार प्रतिनिधिसभा सदस्यबाट स्वतः निलम्बित भएका हुन् ।
राजनीतिक दल सम्बन्धी कानुन अनुसार भ्रष्टाचारजन्य नैतिक पतन हुने फौजदारी मुद्दामा अन्तिम अदालतबाट सजाय पाएको व्यक्ति कुनै पनि चुनावमा उम्मेदवार हुन पाउँदैन । यदि उनी विरुद्धको मुद्दा प्रमाणित भएमा उनको राजनीतिक जीवन नै समाप्त हुने छ । उनी कांग्रेसको केन्द्रीय सदस्यबाट पनि निलम्बित हुने छन् ।
मुद्दाको अन्तिम फैसला नहुन्जेलका लागि भने उनको सांसद् पद मात्रै निलम्बित हुने छ । यसअघि कांग्रेसका नेताहरु खुमबहादुर खड्का, चिरन्जीवी वाग्ले, जेपी गुप्तालगायतका नेता सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएपछि राजनीतिक जीवन समाप्त भएको थियो ।
सेयर गर्नुहोस्