संघीय सरकारले गर्न नसकेका काम आफुहरुले गरेको दाबि:मुख्य मन्त्री पौडेल (भिडियो )

९ औ रेडियो दिवस रेडियो र विविधता सम्बन्धी विषयमा अन्तरक्रिया
हेटौंडा टुडे
२४ माघ २०७६, शुक्रबार १८:०२

माघ २४,हेटोंडा /बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सञ्चार माध्यमका लागि अहिले सम्म संघीय सरकारले गर्न नसकेका काम आफुहरुले गरेको दावि गर्नुभएको छ ।

सामुदायिक रेडियो प्रसारक संघको अयोजनामा ९ औ रेडियो दिवस २०२० को अवसर पारेर रेडियो र विविधतासम्बन्धी विषयमा अन्तरक्रियामा वोल्दै उहाँले अहिलेका सञ्चार माध्यमले सकारात्मक सन्देश दिनुपर्ने वताउनुभयो । अझै सामुदायिक रेडियोको समुदायको प्रतिको दायित्व सकारात्म भएको वताउनुभयो ।

संघीय सरकारले २ सय ५० को इतिहासमा गर्न नसकेको काम प्रदेश सरकारले गरेको वताउनुभयो । उहाँले भन्नुभयो–‘संघीय सरकारले सञ्चार क्षेत्रका लागि गर्न नसकेको काम हामिले दुइवर्षमा गरेका छौ । जेष्ठ नागरिकलाई पेन्सन दिने व्यवास्था र महिला पत्रकारका निम्ती सुत्केरी भएका वेला सुविधा दिन लागेका छौं।’\

कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी, हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख मिना कुमारी लामा, प्रदेशका प्रेस रजिष्टार रेवती सापकोटा, सामुदायिक रेडियो प्रसारक संघका केन्दीय महासचिब गोविन्द देवकोटा, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष प्रताप विष्ट, ब्रोकाष्टिङ एशोसीएसन अफ नेपाल वानका केन्द्रीय उपाध्यक्ष उज्वल चौलागाई, लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

भिडियो हेर्नुहोस,

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image