कृषि तथा वन विज्ञान विश्वविद्यालय, वन संकाय हेटौंडामा विगत ४६ दिनदेखि जारी आन्दोलन आज फिर्ता लिईएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय, उपकुलपतिको कार्यालय, रामपुर चितवनबाट विश्वविद्यालयलाई पत्र भएपछि विश्वविद्यालय र विद्यार्थीबिच सहमति भएसँगै शुक्रबार आज ४७ औं दिनमा आन्दोलन फिर्ता लिईएको हो ।
गत पुस ५ गते लिएको प्रवेश परीक्षामा मेरिट छनौट गर्दा गत वर्षको नियमलाई यथावत राखि भर्ना प्रक्रियामा सुनियोजित तरिकाले परिवर्तन गरि छात्रवृति पाउनुपर्ने विद्यार्थीहरुको हक अधिकारलाई उल्लंघन गरेको थियो । विद्यालयले कम योग्यता भएका विद्यार्थीहरुलाई छात्रवृति छनौट गरेपछि विद्यार्थी संगठनहरुले असन्तुष्टि जनाउँदै विश्वविद्यालय वन संकायका डिन कार्यालय, प्रशासन र आर्थिक शाखामा विद्यार्थीले अनिश्चितकालिन तालाबन्दी गरेको थियो ।
बिहीबार ४६ औं दिनकृषि तथा वन विज्ञान विश्वविद्यालय, उपकुलपतिको कार्यालय, रामपुर चितवनबाट प्राप्त भएको पत्र उपर वन संकाय,हेटौंडा, डीनको कार्यालयले मेरिट र प्राथमिकताको आधारमा संशोधनसहित भर्ना सुचि निकालेपछि शुक्रबार आज वन संकायका डिन कार्यालय, प्रशासन र आर्थिक शाखामा लगाईएको अनिश्चितकालिन तालाबन्दी खोलिएको हो ।
उक्त भर्ना सुचि नियमसंगत, वैज्ञानिक तथा जेहेन्दार विद्यार्थीको पक्षमा रहेकोले आफ्नो आन्दोलन सफल भएसँगै आन्दोलन फिर्ता लिईएको अनेरास्ववियु, अनेरास्ववियु कटारी र अनेरास्ववियु क्रान्तिकारी ले जनाएको छ संगठनहरुलेआन्दोलन फिर्ता लिएको घोषणा गर्दै भर्नालगायत अन्य शैक्षिक गतिविधिहरु तत्काल संचालन गर्न डीनको कार्यालयलाई आग्रह समेत गरेको छ ।