भानु मा. बि. को बिशेष अभिभाबक भेला , अध्यक्षमा पुन चौलागाई नै आउने सम्भावना

हेटौंडा टुडे
२४ माघ २०७६, शुक्रबार २३:०२

माघ २४, हेटोंडा 

मकवानपुर गढि गाउपालिका वडा नम्बर  – ३ मा अबस्थित श्री भानु मा.  बि.  मा आज बिशेष अभिभाबक भेला सम्पन्न भएको छ । आज सुक्रबार स्कुलले निर्वाचन प्रयोजनको लागि भन्दै बिशेष भेला बोलाएको थियो । आजै बिध्यालय ब्यबस्था समितिको पदावति सकिए सगै नया कार्य समिति गठन गरिएको छ । नौ जनाले पुर्णता पाउने उक्त समितिमा सदस्यहरु चार जनालाई मात्र आज सर्ब समत मनोनित गरिएको छ । भेलाबाट मनोनित सदस्यहरु खिल प्रसाद चौलागाई ,चन्द्र बहादुर योन्जन , मान कुमारि पाख्रिन र रुकमणि ढुन्गाना रहेका छन । बाकि पाच जनालाई एक हप्ताभित्र मनोनित गरिसक्नु पर्ने छ  भने एक हप्ताभित्र नै बिध्यालय ब्यबस्था समितिको अध्यक्षको पनि टुगंो लाग्ने छ । लामो समय देखि सामाजिक कार्यमा अग्रसर हुदै आउनु भएको र भानु मा. बि. मै अध्यक्ष पदमा रहि कार्य गरिसक्नु भएको पुर्ब अध्यक्ष खिल प्रसाद चोलागाईको अध्यक्ष पदमा सम्भाबना बडेको देखिएको छ । अरुले ईच्छा देखाएता पनि चौलागाईको कार्य प्रति अभिभाबक तथा स्थानियले खुलेरै तारिफ गरेका छन भने संगै पुन अध्यक्ष पद रहि कार्य गर्न माग गरिरहेका छन यसले गर्दा अध्यक्ष पदमा पुन चौलागाई नै आउने सम्भावना बडेको देखिन्छ ।

निबर्तमान अध्यक्ष खिल प्रसाद चौलागाईको सभा अध्यक्षता सम्पन्न भएको कार्यक्रममा  प्रमुख अतिथि गढि गाउपालिका वडा नम्बर ३ का वडा अध्यक्ष भागबत घिमिरे त्यस्तै अतिथिहरुमा मकवानपुर गढि शिक्षा प्रमुख राम बहादुर घलान , बिभिन्न राजनैतिक दलका प्रतिनिधिहरु , बिभिन्न बिध्यालयका प्र.  अ ,  बिभिन्न संघ सस्थाका प्रतिनिधिहरु लगायतकाको उपस्थिति रहेको थियो । कार्यक्रम सन्चालन बिध्यालयका प्र. अ. राजेन्द्र थापाले गर्नु भएको थियो भने कार्यक्रममा स्वागत मन्तब्य सहायक प्र.  अ.  सिबराम फुयालले गर्नु भयको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image