
हेटौँडा,२, फागुन /मदन भण्डारी स्र्पोट्स एकेडेमी विद्यालय खेलकुद शिक्षक संघको आयोजनामा मकवानपुरमा जिल्ला स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता फागुन ९ गतेबाट हेटौँडामा हुने आयोजकले जनाएको छ ।
न्युज क्लब नेपाल, हेटौँडामा आज पत्रकार सम्मेलनको आयोजना गरि संघले प्रतियोगिताको तयारी सुरु भैसकेको मदन भण्डारी स्र्पोट्स एकेडेमी विद्यालय शिक्षक संघ मकवानपुरका अध्यक्ष राजाराम पोखरेलले बताए । प्रतियोगितामा जिल्ला भरका २५ वटा विद्यालयले सहभागिता जनाउने अपेक्षा रहेको उनले बताए ।
प्रतियोगिताको प्रथम हुने टिमले २० हजार नगद सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्दा उपविजेताले १० हजार नगद सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको तेश्रो हुने टिमले नगद ५ हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा अनुशाशित टिमलाई ३ हजार, विद्यागत उत्कृष्ट खेलाडीहरुलाई ३ हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा १ लाख २० हजार रुपैँया खर्च हुने जनाईएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै मदन भण्डारी स्र्पोट्स एकेडेमीका केन्द्रीय सदस्य नविन सिग्देलले एकेडेमीले सधै खेल क्षेत्रको विकासको लागि आफ्नो ध्यान केन्द्रीत गरेको बताए । यो कुनै राजनीतिको भात्रृ संगठन नभएको भन्दै उनले खेलमा राजनीति घुसाउन नहुने धारणा ब्यक्त गरे ।
पत्रकार सम्मेलनमा, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा, मदन भण्डारी स्र्पोट्स एकेडेमी मकवानपुरका अध्यक्ष निरजसिंह ठकुरी लगाएतको सहभागिता रहेको थियो ।

