हेटौंडा मा ४ करोडको सुन समातियो(भिडियो सहित )

हेटौंडा टुडे
२० फाल्गुन २०७६, मंगलवार १५:३६

फागुन २० हेटौडा/ मकवानपुर प्रहरीले ठुलो परिमाणमा सुन गिरोह पक्राउ गर्न सफल भएको छ । आज पत्रकार सम्मेलन गदै मकवानपुर प्रहरीले सुन तस्करीमा संलग्न भारत कर्नाटक बस्ने ४२ वर्षका अब्दुल मजिज अनेकल सार्वजनिक गरेको हो ।

मंगलबार बिहान हेटौंडा १५ स्थित रातोमाटेमा काठमाडौंबाट विरगंज तर्फ जाँदै गरेको यात्रुबाहक रात्री बसलाई चेकजाँचका क्रममा अब्दुलालाई ६ किलो २८९ ग्राम,३५० मिलि ग्राम सुन सहित पक्राउ गरिएको मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशिल सिंह राठौरले बताएका छन्।अब्दुलले उक्त परिणामको सुन फलामको बेरुङगमा लुकाएर ल्याएको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

               बरामत गरिएको सुन

नेपाली बजार मुल्य अनुसार उक्त परिणामको सुनको ४ करोड सत्ताइस लाख अन्ठाउन्न हजार रहेको मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक राठौरले बताएका छन्। अब्दुलमाथि थप अनुसन्धान भइरहेको र आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको प्रहरीले जनाएको छ।

 

हेर्नुहोस भिडियो,

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image