हेटौंडा जेसिसको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न

हेटौडा टुडे संवाददाता
३० फाल्गुन २०७६, शुक्रबार १९:५६

फागुन ३०,हेटौँडा /हेटौंडा जेसिसको आयोजनामा शुक्रबार (आज) हेटौंडामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा मकवानपुर बहुमुखी क्याम्पसकी छात्रा सुस्मा पुडासैनी प्रथम भएकी छिन् ।  वैदेशिक रोजगारमा युवा पलायन विषयक बक्तृत्वकला प्रतियोगितामा सुस्मा पुडासैनी प्रथम कृषि तथा वन विज्ञान अध्ययन संस्थान हेटौँडाकी सरीता भण्डारी द्धितिय र सजना पाण्डे तृतिय भएका छन्  ।

प्रतियोगितामा मकवानपुर बहुमुखी क्याम्पस, हेटौँडा क्याम्पस र कृषि तथा वन विज्ञान अध्ययन संस्थान हेटौँडाका १४ विद्यार्थीहरु सहभागी भएका थिए । हेटोँडा जेसिसले सन् २०२० भरीमा १० वटा बक्तृत्वकला प्रतियोगितामा सम्पन्न गरी प्रत्येक प्रतियोगिताका विजेता र उपविजेताहरु बिच प्रतियोगिता गर्ने छ । अन्तिम प्रतियोगितामा प्रथम हुनेलाई नगद ३५ हजार रुपैँया प्रदान गरीने हेटौँडा जेसिसका संग्राम बल लामाले जानकारी दिनुभयो ।  प्रतियोगितामा द्धितिय हुनेलाई नगद २५ हजार र तृतिय हुनेलाई नगद १५ हजार रुपैँया प्रदान गरीेने छ ।

हेटौँडा जेसिस २०२० का अध्यक्ष राजदेव बाँनियाको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सदस्य भिमसेन महतको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image