अब हेटौंडामा १ सय २५ सिसिको पल्सर चढ्न पाईने

हेटौंडा टुडे संवादाता
६ चैत्र २०७६, बिहीबार १७:१७

चैत्र ५,हेटौंडा /हेटौंडामा संचालित होराइजन अटो प्रा.लि.ले बजाजको  १ सय २५ सिसिको पल्सर मोटरसाइकल बजारमा ल्याएको छ । बिहिबार पत्रकार सम्मेलन गर्देै  होराइजन शोरुमका सञ्चालक राजुरत्न बज्रचार्यले अब देखि हेटौंडाबासीले १ सय २५ सिसि क्षमता भएको पल्सर मोटरसाईकल चढ्न पाउने जानकारि दिनुभयो

ग्राहकको चाहानालाई मध्यनजर गर्दै र सरकारि प्रायोजनको लागि उपयुक्त, सहज तरिकाले जुन सुकै ठाउँमा पुग्ने कम्तिमा ५० माईलेज दिने भरपर्दो मोटरसाइकल रहेको सञ्चालक लालकाजी बज्रचार्यले दाबि गर्नुभयो ।

हेटौडा १० स्थित टिसिएन रोडमा संचालित शोरुमले  सेवाग्राहिकै लागि विभिन्न अफर देखि एक्सचेन्ज अफर समेत ल्याउने गरेको छ। आधिकारिक विक्रेताको रुपमा रहेको र बिगत भन्दा अत्याधिक स्तरीय सेवा दिने सोच सहित सुविधा सम्पन्न शोरुमले समेत बनी सकेको  र  फेरी पनि सेवाग्राहीको रोजाइ अनुसार  सेवामा   शर्भिस ग्राहकै चाहना अनुसार प्रदान गर्दै जाने  गरि अन्तरराष्ट्रिय स्तरको सेवा दिने गरि सुरु गरिएको छ।

स्तरिय शर्भिस दिने पार्ट्समा सहजे पाइने फाइनन्सको व्यस्था  सहित सन्चालित शोरुमले १ सय सिसिदेखि ४ सय सिसि सम्मका मोटरसाइकल हेटौडामा विक्री गरिरहेको छ ।

कार्यक्रममा  शोरुमका प्रोप्राइटर रजुरत्न्न र लालकाजी बज्रचार्यको सभाअध्यक्षता हेटौडा उपमहानगरपालिका वडानम्बर १० का वडाअध्यक्ष किताब सिङ लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*