अमेरिकामा कोरोना संक्रमित नेपालीको मृत्यु

टुडे संवाददाता
११ चैत्र २०७६, मंगलवार १९:०४

चैत ११ , न्यूयोर्क /कोरोना संक्रमणबाट अमेरिकामा एक नेपालीको मृत्यु भएको छ ।

पाँचथर घर भएका ५० वर्षीय अनिल सुब्बाको सोमबार न्यूयोर्कमा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्वाङले बताए ।

१५ वर्षअघि आएका सुब्बा एक छोरा र दुई छोरीसहित उनी अमेरिकामा बस्दै आएका थिए।

अमेरिकामा कोरोना संक्रमणबाट नेपाली मूलका नागरिकको मृत्यु भएको यो पहिलो घटना हो । यसअघि बेलायतमा एकजना नेपालीको मृत्यु भएको थियो ।

पाँचथरको रानीगाउँमा जन्मेका सुब्बा १५ वर्षदेखि अमेरिकामा बस्दै आएका थिए । भाडाको ट्याक्सी चलाउने उनी मधुमेह र उच्च रक्तचापका बिरामी थिए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image