मकवानपुरमा सबै स्थानीय तहको विदेशबाट आउनेको संख्या सार्वजनिक

हेटौंडा टुडे संवादाता
१५ चैत्र २०७६, शनिबार १२:५०

चैत्र १५,हेटौंडा/मकवानपुर जिल्लामा केहि समय अघि विदेशबाट आएका नेपालीहरुको तथ्याङ्क संकलन गरिएको छ ।

गएको सोमबार काठमाण्डौमा विदेशबाट आएको एक नेपालीमा विश्व माहामारी रुपमा फैलिएको कोरानो भाइरसको संक्रमण देखिएपछि मकवानपुरमा पनि विदेशबाट आएका नागरिकहरुमा संक्रमण हुन सक्ने हुँद निगरानी गर्न तथ्याङ्क संकलन गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले मकवानपुरको १० वटै स्थानीय तहमार्फत् २५३ जना विदेशबाट मकवानपुर आउनेको संख्या तथ्याङ्क संकलन गरी   सार्वजनिक गरेको छ । कोरोना भाइरसको संक्रमणको जोखिम उच्च हुने भएकोले उहाँहरुको स्वास्थ्य अवस्था हेरेर सामान्य भए होम क्वारेन्टाइनमा र शंकास्पद भए हेटौँडा अस्पतालको व्यवस्थापनमा स्थानीय तहले बनाएको क्वारेन्टाइन कक्षमा राखिने जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना   अधिकारी देवचन्द्र गर्तौलाले जानकारी दिनुभयो ।

हेर्नुहोस् तथ्याङ्क,

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*