आज राति देखि लागू हुने गरि पेट्रोल, डिजेलको मूल्य १० रुपैयाँ घट्यो

हेटौंडा टुडे
१९ चैत्र २०७६, बुधबार १९:३७

चैत्र १९ ,हेटौंडा /नेपाल आयल निगमले पेट्रोल, डिजेलको मूल्य घटाएको छ। आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाइएको हो।

अब पेट्रोलको खुद्रा मूल्य काठमाडौं उपत्यकामा प्रतिलिटर ९६ रुपैयाँ तथा डिजेल र मट्टितेलको को मूल्य प्रतिलिटर ८५ रुपैयाँ पर्नेछ।

त्यस्तै आन्तरिकतर्फ हवाई इन्धनको मूल्य पनि प्रतिलिटर १५ रुपैयाँले घटाइएको छ। सो इन्धनको मूल्य प्रतिलिटर ७५ रुपैयाँ कायम गरिएको छ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image