सुदूरपश्चिममा विदेशबाट आएका नागरिकलाई २१ दिन सम्म क्वारेन्टाइनमा राखिने

हेटौंडा टुडे संवादाता
२३ चैत्र २०७६, आईतवार १६:४५

 

चैत्र २२, हेटौंडा

प्रदेशभित्र कोभिड-१९ को उच्च जोखिम देखिएपछि सुदूरपश्चिम प्रदेश सरकारले विदेशबाट फर्केर क्वारेन्टाइनमा बसिरहेका सबैलाई २१ दिनसम्म क्वारेन्टाइनमै राख्न निर्देशन दिएको छ। टेलिभिजनबाट गरेको प्रत्यक्ष सम्बोधन मार्फत् मुख्यमन्त्री त्रिलोचन भट्टले भारत तथा अन्य मुलुकबाट आएका नेपाली नागरिकलाई २१ दिन अनिवार्य क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउने बताएका छन्।

सुदूरपश्चिमका विभिन्न जिल्लामा भारत लगायत मुलुकबाट फर्केका दुई हजार १४९ पुरुष र १९५ महिलालाई क्वारेन्टाइनमा राखिएको छ। उनीहरूलाई १४ दिनसम्म परिवार र समुदायको सम्पर्कमा जान नमिल्ने गरी क्वारेन्टाइनमा राखिएको थियो।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image