प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा ११ बजे सम्बोधन गर्ने

टुडे संवाददाता
२५ चैत्र २०७६, मंगलवार १०:३०

  चैत २५,काठमाण्डौ /प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार बिहान ११ बजे राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमा टिव्टरमा यसबारेमा लेख्नुभएको छ । उहाँका अनुसार प्रधानमन्त्रीले बालुवाटारबाटै सम्बोधन गर्ने हुनु भएको छ ।

प्रधानमन्त्रीको सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने सूर्य थापाले जानकारी दिनुभएकाे छ ।

प्रधानमन्त्रीको सम्बोधन कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण र त्यसको रोकथामका लागि सरकारले गरिरहेको प्रयासका बारेमा केन्द्रित हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image