डाङडुगेको बाटो छेउमा भारतिय नागरिक जस्तो देखिने युवक को हुनुहुन्छ ?

टुडे संवाददाता
२६ चैत्र २०७६, बुधबार १९:०५

चैत २६ हेटौंडा/ तपाई हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ डाङडुगेको बाटो छेउमा पुग्नुभयो भने झट हेर्दा अन्दाजी ४५ बर्ष जस्तो देखिने मानशिक असन्तुलन भएको एक मानिसलाइ देख्नुहुन्छ । उहाँ भारतिय नागरिक जस्तो देखिन्छ । उहाँ बिहान १० बजे देखि डाङडुगेको बाटो छेउमा बस्नुभएको ८/९ घण्टा बितिसक्दा पनि भरतिय नागरिक सोहि स्थानमा बसिरहेका छन् ।स्थानियले “पुलसि लाई बोलाईदिउँ”भन्दा मुखमुखै लाग्ने गर्दछन ।  त्रसिसत हुँदै हेटौंडा टुडेलाई जानकरि दिनुभयो ।

विश्वव्यापी फैलिरहेको कोरोना भाइरको संक्रमणको जोखिम बढेको भन्दै सरकारले देशैभर लकडाउन आह्वान गरेको बेला नागरिकहरु घरबाट बाहिरसमेत निस्कीनुभएको छैन ।

तर सो व्यक्ति भने बिहान देखि डाङडुगेमा घुमिरहनुभएको छ । उहाँलाई कसैले पनि रेखदेख गर्नुभएको छैन ।मानवसेवा गरिरहेका छौँ भन्दै प्रचार प्रसार गर्ने निकायका प्रतिनिधीहरुले पनि उहाँलाई देखेर पनि नदेखेझैँ गरिरहनुभएको छ ।

केही समय अघि मकवानपुरको विभिन्न निकायको सयुक्त पहलमा मकवानपुरलाई सडक मानवमुक्त क्षेत्र घोषणा गरिएको भएपनि बजारमा उहाँ जस्तै सडक मानव थुप्रै हुनुहुन्छ ।

उहाँ को हुनुहुन्छ, घर कहाँ हो त्यसबारे उहाँ आफैँ जानकार हुनुहुन्न । मानशिक असन्तुलन भएको नागरिक डाङडुगेमा मनोमानि तरिकाले घुमिरहँदा उहाँ स्वयमंलाई र अन्य नागरिकलाई समेत विभिन्न किसिमका जोखिम देखिन्छ ।

यदी कोरोनाको संक्रमण भइहाले उहाँले अरुलाई पनि सार्ने जोखिम उत्तीकै छ । सरोकारवाला निकायले उहाँलाई नियन्त्रणमा लिनु आवश्यक देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*