जेठ,२ हेटौंडा /जिल्ला प्रहरी कार्यालय मकवानपुरले चोरी भएको सामान सहित एक जनालाई पक्राउ गरेको छ । बकैया गाउँपालिका वडा नम्बर ४ जुरेली बस्ने होमनाथ फुयाँलले आफ्नै घरमा संचालन गर्दै आएको फुयाँल किराना पसल चोरी गर्ने पक्राउ परेको मकवानपुर प्रहरीले जनाईएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा बकैया गाउँपालिका वडा नम्बर ५ भनौरा बस्ने वर्ष १९ वर्षिय दिपेश देउजा रहेको बताईएको छ । देउजालाई प्रहरी चौकी हात्तिसुढे मकवानपुरबाट प्रहरी सहायक निरीक्षक कृष्णराज गौतमको कमाण्डमा खटिएको टोलीले पक्राउ गर्न सफल भएको हो ।
देउजालाई चोरी भएको सामान सहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई आवश्यक अनुसन्धान तथा कारवाही भइरहेको छ ।
कानूनी प्रावधान अनुसार चोरी तथा डाँका सम्बन्धी कसुरमा ५ वर्ष देखि १० वर्ष सम्म कैद र ५० हजार देखि १लाख सम्म जरिबाना हुने प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिनूभयो ।
गत बैशाख २६ गते राति चोरी भएको थियो । किराना पसलबाट १२ लाख १० हजार ३ सय ४० मूल्य बराबरको चोरी भएको थियो ।