कैलालीमा क्वारेन्टाईनमा बसेकी महिला माथि सामुहिक बलात्कार तीनजना पक्राउ

हेटौंडा टुडे
१ असार २०७७, सोमबार ०८:१९
साङे्केतिक तस्बिर

असार १, हेटोडा

कैलालीमा क्वारेन्टाईनमा बसेकी महिला माथि सामुहिक बलात्कार गर्ने तीनजना ब्यक्ति पक्राउ परेका छन । जिल्लाको लम्कीचुहा नगरपालिका १ मा रहेको सहिद स्मृती मा वि को वारेन्टाईनमा रहेकी ३१ बर्षीय महिला लाई बलात्कार गरेको आरोपमा स्वास्थ्यकर्मी सहित तीनजना पक्राउ परेका हुन्। जेठ २० गते गौरीफन्टा नाकाबाट आएर क्वारेनटाइनमा बस्दै आएकी महिलाले ३१ गते शनिबार १२ बजेतिर क्वारेनटाइनमा स्वयंसेवकका रुपमा खटिएका दुईजना र एक स्वास्थ्यकर्मीले आफ्नो बलत्कार गरेको जाहेरी दिएपछि पक्राउ गरिएको हो ।
पीडित महिला लम्कीचुहा नगरपालिकाकि ३१ वर्षीया हुन् । तीनैजनालाई आरोपितलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image