बागमती प्रदेशको ५० अर्बको बजेट लाईभ

टुडे संवाददाता
१ असार २०७७, सोमबार १७:४३

हेटौंडा,१ असार ।

बागमती प्रदेश सरकारले आज आउँदो आर्थिक वर्ष २०७७/७८ को लागि करिब ५० अर्बको बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकारले अघिल्लो वर्षको तुलनामा करिब ४ अर्बको बजेट वृद्धि गरेर ल्याउने तयारी गरेको छ । प्रदेश सभा सचिवालय अनुसार आज ५ बजे नयाँ बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

आज हेटौंडामा रहेको प्रदेशसभा भवनमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले प्रदेशको बजेट प्रस्तुत गर्ने छन् । बजेटले आउँदो आर्थिक वर्ष पनि कृषि,उद्योग तथा पर्यटनलाई विशेष महत्व दिने जनाईएको छ ।

बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७६/०७७ को लागि ४७ अर्ब ६० करोड ८७ लाख ८६ हजार रुपैयाँको बजेट ल्याएको थियो । यसैगरि बागमती प्रदेशले आर्थिक वर्ष २०७५/७६ मा ३५ अर्ब, ६१ करोड ५६ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

हेर्नुहोस लाईभ,

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*