आगामी आवको लागि मकवानपुरगढी गाउँपालिकालाई बागमती प्रदेश सरकारको अनुदान कति ?

टुडे संवादाता
७ असार २०७७, आईतवार २१:००

असार ७ हेटौंडा / बागमती  प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि मकवानपुरगढी गाउँपालिकामा मात्रै ६ करोड १३ लाख १८ हजार रुपैँया अनुदान रकम पठाउने भएको छ ।

जसमध्ये वित्तिय समानीकरणतर्फ १ करोड १ लाख ५८ हजार, सशर्त अनुदानतर्फ १ करोड ६१ लाख ६० हजार, विशेष अनुदानतर्फ ५० लाख, समपुरकतर्फ ३ करोड रहेको छ । प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गरेको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीका अनुसार आगामी आर्थिक वर्ष ०७७/७८ को लागि संघीय सरकारबाट वित्तिय समानीकरणमा ९ करोड ८९ लाख, राजश्व अनुदानमा ७ करोड ६४ लाख, र सशर्त अनुदानमा २० करोड ४४ लाख रुपैँँया प्राप्त हुने भएको छ ।

त्यसैगरी स्थानीय स्रोतबाट ६ करोडभन्दा बढी रकम व्यवस्थापन गरी जम्मा ५१ करोड बजेट पुग्ने अनुमान गरिएको छ ।
गाउँपालिकाले चालु आर्थिक वर्ष ०७६/७७ को लागि नीति तथा कार्यक्रममा पारित गरेको योजनाको हालसम्म ८० प्रतिशत काम सम्पन्न भएको उनको भनाई छ ।

आर्थिक वर्ष ०७७/७८ का लागि मकवानपुरका १० वटै स्थानीय तहमा गरी कूल ६१ करोड १३ लाख ६२ हजार रुपैँया अनुदान उपलब्ध गराउने भएको प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*