असार ९,हेटौंडा/मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिकाका एक महिलासहित ४ जना कोरोना संक्रमितको पुनः स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
कोरोना पुष्टि भएको करिब ८ दिनपछि उनीहरुको रिपोर्ट नेगेटिभ देखिएको हो । मनहरी वडा नम्बर १, ४ र ७ का ६ जनामा एकैपटक गत शुक्रबार संक्रमण पुष्टि भएको थियो ।
तर, आज मंगलबार आएको परीक्षण रिपोर्ट अनुसार ४ जनामा नेगेटिभ र २ जनामा पोजेटिभ देखिएको छ । आइतबार संक्रमित ६ जनाकै स्वाब परीक्षणको संकलन गरिएको थियो ।
हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणमा ४०, ३७, २२, र ३० वर्षका महिलाको रिपोर्ट नेगेटिभ तथा २८ र २६ वर्ष २ युवकको पोजेटिभ देखिएको हेटौंडा ४ स्थित आइसोलेसन वार्डका इञ्चार्ज भोला चौलागाईंले जानकारी दिए ।
सेयर गर्नुहोस्