
असार १०,हेटौंडा/आज (बुधबार० बिहानै नेपालमा मनसुनको शक्तिशाली नयाँ प्रणाली विकास भएकाले लगातार झरी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार हिजो ९मंगलबार० सम्मको प्रणाली कमजोर हुँदै आज बिहानै नयाँ प्रणाली विकास भएको हो।
उनका अनुसार बंगालको खाडीबाट बढी मात्रामा जलवाष्पयुक्त हावा भित्रिन सुरु भएको हो। यो हावा देशको पूर्वी क्षेत्रबाट भित्रिरहेको छ। जसका कारण नेपालको पूर्वी भूभागनजिकै मनसुनको न्यून चापीय रेखा बनेको छ।
यसबारे महाशाखाले हिजै जानकारी दिएको छस् भोलिदेखि केही दिन ठूलो वर्षा हुने भन्दै मौसम महाशाखाले जारी गर्यो विशेष मौसमी बुलेटिन ‘आजदेखि देशभर झरी पर्ने सम्भावना छ,’ बुधबार बिहान मौसमविद् श्रेष्ठले नेपालखबरसँग भने, ‘विशेष गरी पूर्वका प्रदेश १ र २ मा बढी झरी पर्ने सम्भावना छ।’
मौसमविद् श्रेष्ठका अनुसार पूर्व झापा, मोरङ, सुनसरी, धनकुटालगायत आसपास क्षेत्रमा बिहानैदेखि झरी परिरहेको छ भने पश्चिम कास्की, जुम्ला, हुम्ला कालिकोट, सुर्खेत पनि बिहानैदेखि वर्षा भइरहेको छ। कैलाली र कञ्चनपुरबाहेक सुदूरपश्चिम प्रदेशमा पनि बिहानैदेखि पानी परिरहेको उनले जानकारी दिए।

