असार ११ हेटौंडा /हेटौंडामा रहेको स्वास्थ्य निर्देशनालयमा कर्मचारीहरुको मनलाग्दी चल्ने गरेको पाइएको छ । प्रदेशको सामाजिक बिकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयमा कर्मचारी समयमा नआउने र बिहानको ११ बजेसम्म कार्यालयको कोठामा ताल्चा झुण्डीरहने गरेको भेटिएको छ ।
समयमा कर्मचारी आउदैनन् भन्ने थाहापाएपछी हामी बिहिबार बिहान ठिक १०: ३० बजे कार्यालय पुगेका थियौ । कार्यालयमा अधिकांस ढोकामा ताल्चा झुन्डिएको थियो भने केहि कोठा खुल्ला थिए तर कर्मचारी थिएनन् । सरकारले सरकारी कार्यालयमा १० बजे पुग्ने र ५ बजे फर्किने गरी कामकाज तोकेको भए पनि कर्मचारीहरुले समयको पालना नगर्दा सेवाग्राहीहरुले सास्ती भोग्नु परिरहेको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयमा बिहान १० बजे कुनै पनि कर्मचारी कार्यालयमा आउँदैनन् ।
सधै आधा, एक घण्टा ढिला गरि कर्मचारी आउने र कार्यालय समय भन्दा पहिले नै निस्कने गर्दापनि निगरानी गर्ने निकायले चासो नदिँदा कर्मचारीको मनोमानी बढेको छ। जसले गर्दा सेवाग्राहीले दुःख पाएका छन्।